गाउँका साहु महाजनलाई विस्थापित गर्न सहकारीको विकास र भुमिका महत्वपुर्ण बन्यो : पूर्व मन्त्री राना

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा , पुष २०। सुनिल कार्की \

लुम्बिनी प्रदेश सरकार सांसद एवं पुर्व मन्त्री वीर बहादुर रानाले सहकारीलाई उत्पाद र उद्दमशिलतासँग जोड्न आवश्कय रहेको बताउनु भएको छ । बढ्दो वैदेशीक पलायन देखि रोजगारीको लागि बढेको संकट टार्न सहकारीले भुमिका खेल्न सक्ने बताउनुभयो । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधरण सभा एंव दोस्रो अधिवेशन कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सांसद एवं पुर्व मन्ती रानाले कुनै बेला गाउँका सिमित हुने खानेसँग चर्को व्याजमा लिनुपर्ने कर्जाको बाध्यता अहिले सहकारीको विकासले त्यो बाध्यतालाई कम गर्दै लगेको बताउनुभयो । हालै जारी भएको सहकारी अध्यादेशले सहकारीमा देखिएको निरासालाई आशामा बद्ल्न कोसेढुंगाा सवित हुने जिकिर समेत उहाँले गर्नुभयो ।

 

लोकतन्त्र बलियो हुन तल्लो तहका नागरिक हरेक हिसाबले सक्षम हुन आवश्यक रहेकोले त्यसको परिपुर्तिको लागि सहकारी नै प्रमुख माध्येम हुने बताउनुभयो । साथै उहाँले राजनैतिक र कर्मचारी नेतृत्वप्रति विश्वास र आस्था टुट्दै गएको उल्लेख गर्दै सहकारी प्रति विश्वासलाई आशामा बद्ल्न कुसुम सहकारी सारथि बनेको बताउनुभयो । कुनै पनि संस्थाको दिगो विकास र भरोसको लागि तीन वटा चरित्राले भुमिका खेल्ने बताउँदै मन्त्री रानाले लोकतान्त्रिक अभ्यास, पारदर्शिता र इमानदारीताले मात्र सहकारी बलियो हुने बताउँदै यी सबै पक्ष कुसुम सहकारीसँग रहेको भन्दै अन्य सहकारीले समेत अनुशरण गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममको विशिष्ट अतिथि जिल्ला सहकारी संघ पाल्पा उपाध्यक्ष शारदा नेपाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिका वडा नंम्बर ४ कि वडा सदस्य सीता बस्नेत, यूनाईटेण्ट मिसन अस्पतालकी कार्यकारी निर्देशक डा।रचेल कारक, बुटवल स्थित सहकारीका सहजीकरण केन्द्रका फटिक केसी लगायतले केही सहकारीले सम्रग सहकारीको साख गुमाउने अवस्था सिर्जना भएकोमा पाल्पाको विशालबजारमा प्रधान कार्यालय रहेको कुसुम सहकारीले सहकारी क्षेत्रमा नवीन र स्वारोजगार सिर्जना हुने खालको कार्यक्रम ल्याउन सफल भएको बताउुभएको थियो । साथै उहाँहरूले सहकारीले जुन लक्ष्य र उदेश्य बोकेर अघि बढेको छ त्यसको पुर्ण सफलता प्राप्त गरोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष केशव राज ढकालले प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपेरिवेक्षण समितिका संयोजक राम प्रसाद ढकालले सहकारीको वार्षिक आम्दानी खर्चको विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गुल्मीको कालिगण्डकी गाउँपालिका स्थित पुर्तिघाट सञ्चालन भएको स्वास्थ्य शिविरमा सहयोग गर्ने स्वास्थ्यकर्मी, देखि संस्थाको विभिन्न तहमा रहेर काम गर्ने ऋषिराम शर्मा, सृष्टि गुप्ता, सुस्मा ढकाल, यमकला बस्याल, मुना ढकाल,प्रेरणा नेपाल, केशवराज ढकाल,बुद्धि सागर बस्याललाई प्रमाण पत्रले सम्मान गरिएको थियो । यसका साथै जगत शेखर ढकाल, मथुरा पराजुली, विनोद ढकाल रेश्मलाल सुवेदी राजकुमार दाहाल, रिमा सोमै, लेखा सुपरिवेक्षण रहेर काम गर्ने राम प्रसाद ढकाल, टिका राम ढकाल , केशव केसी लाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

सहकारीले पाल्पालाई प्रधान कार्यालयका रूपमा रहेर गुल्मीका पुर्तिघाट र रूपन्देहीको सुख्खानगरमा रहेर काम गर्दै आएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्