राम्दीबाट ठुलो परिमाणमा लागु औषध सहिक एक युवक पक्राउ 

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष १४।

सुनिल कार्की

लुम्बिनी गण्डकी प्रदेशको सिमा पाल्पा स्थित राम्दी भन्ने ठाउँबाट ठुलो परिमाणमा लागु औषध सहित एक युवकलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको

 

जिल्लाको बगनासकालि गाउँपालिका राम्दी स्थित कालीगण्डकी पुल नजिकैबाट कास्कीको पोखरा महानगरपालिका पृथ्वचोक बस्ने वर्ष २८ का चोक बहादुर श्रेष्ठलाई  पक्राउ गरिएको हो पक्राउ परेका श्रेष्ठको साथबाट नोेफिन लेखेको ४६ एम्पुल, डाइजेपम्म ४६ एम्पुल, फेनेरागन  ४६ एम्पुल गरि कुल सय ३८ एम्पुल लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो कालीगण्डी नदि स्थित पुल नजिकै एक जना मानिस झोला बोकी शंकास्पद अवस्थामा हिड्डुल गरेको सुचनाको आधारमा खटिएको रम्दी प्रहरी चौकीको टोलिले श्रेष्ठलाई पक्राउ गरि नियन्त्रणमा लिएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो

 

प्रहरी पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाल्पा ल्याइ उनिसँग थप बयान लिने काम सुरु भएको पाल्पा प्र्रहरीले जनाएको

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्