विकासमा पाल्पालाई पछी पारिएको :अध्यक्ष रेग्मीको खुलासा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, सुनिल  कार्की \ 

अन्तरिम मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीस खिलराज रेग्मीले पाल्पा जिल्ला तुलनात्मक हिसाबले जुन गतिमा विकास हुनुपर्ने हो सो अनुरुप नभएको भन्दै दुखेसो पोख्नुभयो पाल्पा पछी परेको पारिएको जिल्ला भएको खुलासा गदै रेग्मीले बजेट प्रणालीमा समानता न्यायपुर्ण नभएको भन्दै यसमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिनुभयो

 

पाल्पा जिल्लामा आयोजित पाल्पा महोत्सव कार्यक्रममा आफ्नो लिखित मन्तब्य राख्दै अन्तरिम मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीस रेग्मीले राजनैतिक दलहरु र नेतृत्व वर्गले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राजनितिक अस्थिरता र पटकपटक फेरबदल भईराख्ने सत्तसमिकरणले मुलुकको दिगो विकास हुन नसकेको भन्दै यसमा मुलुकको शीर्ष नेतृत्वले राम्रो अभ्यास र व्यवस्था गर्दै जानुपर्ने सुझाव दिनुभयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष रेग्मीले सञ्चार जगतमा जनउत्तरदायित्वको अभाव खड्कीदै गएको भन्दै विश्वसनिय रचनात्मक सुचना संप्रेषण गर्न आग्रह गर्नुभयो संवैधानिक व्यवस्था राजनैतिक अभ्यासमा सुधारपुर्ण आवश्यकताको खाँचो रहेको उहाँले औंल्याउनुभयो 

 

 चाहे जस्तो अपेक्षा गरे अनुसार राज्यको विकास हुन नसकेको अवस्थमा निरासा असुन्तुष्टी थपिदै जानु स्वभाविक भएको भन्दै यसमा राजनैतिक दल नेतृत्व तह नै दोषी रहेको अन्तरिम मन्त्री परिषद्का अध्यक्ष रेग्मीको भनाई थियो

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्