बाह्य र आन्तरिक लगानी भित्र्याउन प्रदेशमा लगानीमैत्री नीतिः मुख्यमन्त्री आचार्य

Facebook
X
WhatsApp
LinkedIn

बुटवल \

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षीत गर्न प्रदेश सरकारले लगानी मैत्री नीति अवलम्बन गरेको बताउनु भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बुटवलमा प्रथम अधिवेसन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षीत गर्न वातावरण निर्माण गर्ने बताउनु भएको हो ।‘स्थानीय उत्पादनलाई बढाउन चाहन्छौं ।

 

यसका लागी उद्यम र उद्यमीको विकास गर्न प्रदेश सरकार नीजि क्षेत्र संग हातोमालो गर्न तयार छ’उहाँले भन्नुभयो,‘स्थानीय उत्पादनलाई बजारमा पु¥याउने, त्यसबाट नागरिकको जीवनस्तर उठाउनेगरी सरकारले नीति निर्माण गरेको छ । त्यसमा नीजि क्षेत्र संग सहकार्य गरेर अगाडी बढ्न सरकार तयार छ ।’ मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको लक्ष्य पुरा गर्न उद्योगी व्यवसायीको साथ खोज्नुभयो । उद्योगी व्यवसायीहरुले राखेका मागहरु प्रति सरकार संवेदनशिल भएको, उद्योग दर्ता, नविकरण तथा सञ्चालनको क्षेत्रमा एकद्वार प्रणाली लागु गर्ने बारेमा सरकारले पहल लिने जानकारी दिनुभयो । साना तथा मझौला उद्योग एवम् उद्यमहरुको विकास गर्ने, उद्योग सञ्चालन गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्न पनि लगानी लगाउने, उद्योग तथा उद्यममैत्री पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताउनु भयो । महासंघका अध्यक्ष माधव प्रसाद नेपालको अध्यक्षतामा भएको अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

उपाध्यक्षमा द्वय दधिराम खरेल र भास्कर काफ्ले, सचिवमा केशवराज पन्थी, कोषाध्यक्षमा लक्ष्मी क्षेत्री, सहसचिवमा पुरुषोत्तम अर्याल, सरोज चौधरी, जीवन कक्षपती, सहकोषाध्यक्षमा जुद्ध केसी सहित अन्य सदस्यमा रहनु भएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्