जल्पादेवी, रम्भादेवि मन्दिर र दलित भवन उद्घाटन

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा भदौ १९ ।

पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित जल्पादेवी, रम्भादेवि मन्दिर र दलित भवन उद्घाटन भएको छ । एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती बसन्तले मन्दिर र भवनको उद्घाटन गर्नु भएको हो । आर्थिक वर्ष २०८०÷ ०८१ मा लुम्बिनी प्रदेशको १० रुपैयाँ अनुदानमा जल्पादेवी र रम्भादेवी मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७९\८० मा १५ लाख रुपैयाँ र आ.व. २०८०\८१ मा १० लाख रुपैयाँ प्रदेश सरकारको अनुदानमा दलित भवन निर्माण कार्य सम्पन्न भएको थियो । मन्दिर र भवनको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घर्तीले पूर्वखोला २ जल्पा पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटन प्रर्वद्धन तथा पर्यटकीय पूर्वाधार विकासमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । प्रसस्त पर्यटन सम्भावना बोकेका धार्मिक स्थल, गुफा, मन्दिर, मगरहरुको पुराना परम्परागत कला संस्कृतिहरुको संरक्षण गर्दै पर्यटन पूर्वाधारहरुको विकासगरी यस क्षेत्रमा धेरै पर्यटकहरु भित्र्याउन सकिए स्थानीयको आयआर्जनमा समेत बृद्धि हुने उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले पाल्पाको शिक्षा, स्थास्थ्य, विकास निर्माण जस्ता कार्यमा संघीय सरकारको तर्फबाट आफू लागी परेको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य लीला सोमै, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, वडा अध्यक्ष नीर बहादुर सारु, शम्भु माविका शिक्षक राम प्रसाद न्यौपाने, समाज सेवी थर्क बहदुर काम्कु लगायतले बोल्नु भएको थियो ।

समाज सुधार युवा क्लवको अयोजनामा भएको कार्यक्रम भएको हो । पूर्व गाविस अध्यक्ष तथा समाजसेवी लोक बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम समाज सुधार युवा क्लवको अध्यक्ष अन बहादुर सारुको अध्यक्षता र डोल बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्