पाल्पाको सिजी कम्पनीको कोईला खानिमा किचिएर मजदुरको मृत्यु 

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,भदौं १३ ।
सुनिल कार्की \
पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सर्देवामा रहेको सिजी कम्पनीको कोईला पिस्ने मेसिनमा किचिएर एक मजुदरको मृत्यु भएको छ ।

कोईला पिस्नी मेसिन बन्द गरि सफा गर्नेक्रममा अचानक मेसिन चल्न गई दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा धादिङ्ग जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका ६ बस्ने ४६ वर्षीय दिनेश शर्मा रहेका छन । उनको गत मंगलबार ११ गते राति पौने ११ बजेको समयमा उक्त कोइला खानिमा दुर्घटना भएको भएको जिल्ला प्र्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

 

घटना गत मंगलबार ११ गते रातिको भएपनि प्रहरीले आज बेलुकी ६ १९ बजेमात्र सार्वजनिक गरेको छ । आज मृत्कको आफन्त आएसँगै शवको पोष्टमार्टको लागि पाल्प अस्पतालमा पठाईएको छ । घटनाको सम्बन्धनमा थप अनुशन्धान सुरु गरिएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्