रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

 

पाल्पा,भदौ १०

सुनिल कार्की

पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतिय गाडी तानसेनरानिमहल सडक खण्डको तानसेन नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको

 

दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष २८ का विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो गए राति करिब १० : ३० बजेको समयमा सदरमुकाम तानसेनबाट बास बस्न रानिमहल जाँदै गरेको यूपी १४ डी.एच. ०१०४ नंम्बरको रातो कार तानसेनरानिमहल खण्डको नारायण डाँडामा दुर्घटना भएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो कारको स्टाट बन्द भएपछि धक्का मार्नेक्रममा कार अनियन्त्रित भई एक सय मिटर तल खेतमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको कारमा अन्य चार जना यात्रु सवार रहेपनि उनिहरु गाडीबाट झरेर गाडी धकेल्ने क्रममा  रहेकोले उनिहरुको ज्यान जोगिएको दुर्घटनाका प्रत्यक्षदर्शी गौतम बस्यालले बताउनुभयो

 

मृतक पाठकको शवलाई पोष्टमार्टमको लागि पाल्पा अस्पताल तानसेन लगिएको भने कारमा सवार अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुशन्धान सुरु गरेको जनाएको

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्