अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि सम्पर्कबिहीन काभ्रेका सुवास मृत भेटिए

Facebook
X
WhatsApp
LinkedIn

अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन भएका काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएका सुवास बोलखे मृत भेटिएका छन् ।

अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट २१ दिन देखि सम्पर्कबिहीन भएका २८ वर्षीय सुवास मृत भेटिएको पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङले पुष्टि गर्नुभयो । उनको शव सिड्नीको समुद्री तटमा फेला परेको हो । २८ वर्षीय सुवास अन्तिम पटक बेक्सलेमा २७ जुलाई बेलुका ८ बजे देखिएका थिए ।

सुवास बेपत्ता भएपछि सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अधिकारीहरूलाई अगस्ट २ तारिखमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । बेपत्ता भएको २१ दिनपछि सुवासको मृत्यु भएको परिवारले पुष्टि गरेको हो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्