हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो, घाइते क्याप्टेन मल्लको पनि गयो ज्यान

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौँ,साउन २३ ।
आज दिउँसो नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा भएको एयर डाइनेष्टीको नाइन एन एजेडी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । ज्यान गुमाउनेमा ४ जना चिनियाँ पर्यटक सहित हेलिक्पटरका क्याप्टेन अरुण मल्ल रहेका छन ।

क्याप्टेन मल्ल घाइते थिए उनको उपचारको क्रममा निधन भएको नुवकोटका प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा चिनियाँ पर्यटकहरु जुदाङ टाङ पुरुष, जी लि पुरुष, यियाद वु –महिला र जेमिङ सी पुरुष रहेका नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा पुग्नु भएका नुवाकोट जिल्लाका प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार जंगलको झाडीमा यत्रतत्र छरिएको अवस्थामा दुर्घटनाग्रस्त हेलिकप्टर र चिनियाँ पर्यटकको शव फेला परेको बताउनुभयो । अहिले चिनियाँ पर्यटकको शवलाई काठमाण्डौं लगिएको छ ।

हेलिकप्टरमा चिनियाँ पर्यटक सहित ५ जना सवार थिए । अहिले घटनास्थलमा चार वटै सुरक्षा निकाय सहित स्थानियले हेलिकप्टरमा लागेको आगो नियन्त्रणको प्रयास जारी राखेका छन ।

 

यस्तै दुर्घटना लगतै घटनस्थल पुग्नु भएका पर्यटन मन्त्री बद्र पाण्डेले दुर्घटनस्थलको निरिक्षण गरि काण्माण्डौं फर्किनु भएको छ । मन्त्री पाण्डेले दुर्घटनाको अध्ययन गर्न छानविन गर्न समिति गठन गर्ने जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेको दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्