हेलिकप्टर दुर्घटनामा चार जना चिनियाँ पर्यटकले गुमाए ज्यान, क्याप्टेन मल्ल घाइते

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौँ,साउन २३ ।
आज दिउँसो नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा भएको एयर डाइनेष्टीको नाइन एन एजेडी हेलिकप्टर दुर्घटनामा ४ जना चिनियाँ पर्यटकको ज्यान गएको छ । हेलिकप्टर उडाएका क्याप्टेन अरुण मल्ल भने घाइते हुनुभएको छ ।

उहाँको अवस्था गम्भीर रहेको नुवकोटका प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो । दुर्घटनामा चिनियाँ पर्यटकहरु जुदाङ टाङ पुरुष, जी लि- पुरुष, यियाद वु –महिला र जेमिङ सी -पुरुष रहेका नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा पुग्नु भएका नुवाकोट जिल्लाका प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार यत्रतत्र छरिएको अवस्थामा चिनियाँ पर्यटकको शव फेला परेको बताउनुभयो । हेलिकप्टर समेत क्षेतविक्षत अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । अहिले चिनियाँ पर्यटकको शवलाई काठमाण्डौं लगिएको छ ।

हेलिकप्टरमा चिनियाँ पर्यटक सहित ५ जना सवार रहेको जनाइएको छ । अहिले घटनास्थलमा चार वटै सुरक्षा निकाय सहित स्थानियले हेलिकप्टरमा लागेको आगो नियन्त्रणको प्रयास जारी राखेका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्