रैनादेवी छहराको ८ वटै वडामा एकिकृत घुम्ती शिविर सञ्चालन,नागरिकले पाए घरदैलोमै सेवा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,साउन २२

सुनिल कार्की

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पालिकाको वटै वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेपछि नागरिकले घरदैलोमै एकिकृत सेवा पाएका छन

बर्खाको समयमा वडा, स्वास्थ्य चौकि देखि पालिकासम्म पुगेर सेवा लिन बाध्य सेवाग्राहीले आफ्नो गाउँ ठाउँमै विविध सेवा पाएपछि स्थानिय खुशी बनेका छन गाउँपालिकाले पालिका भित्रका नगारिकलाई वडाको टोलटोलमा पुगेर अपाङ्गगता परिपत्र नविकरण दर्ता, दिर्घरोगीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण, गरिब परिचय पत्र वितरण, ब्यवसाय दर्ता तथा नविकरण सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिनुभयो

यसरी गाउँठाउँमै सुविधा प्रदान गर्दा अशक्त वृद्धवृद्धालाई निकै सजिलो हुनुका साथै घण्टौं हिडेर वा सवारी साधनको भाडामा लाग्ने खर्च जोगिएको गाउँपालिका अध्यक्ष भट्टराईले बताउनुभयो एकिकृत घुम्ती शिविरबाट गाउँपालिकाको वटै वडाका करिब १५ सय भन्दा बढी घरधुरीले सेवा लिएका छन बर्खायामको तीन महिना यस पालिकाको वडा नं को बल्ढेङ्गगेढी, वडा नं को जुठापौवा  वडा नं को सत्यवतीका हजारौं सेवाग्राही पालिकाको सामान्य सेवा लिन पनि रुपन्देहीको बुटवल झरेर मात्र पालिकाको केन्द्र जानुपर्ने बाध्यता

यो बाध्यतालाई केही हदसम्म भए पनि कम गर्न शिविरले राहत पुग्ने अपेक्षा पालिकाले लिएको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिनुभयो

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्