गुल्मी जिल्लामा पहिरोले दुई घर पुरिंदा ४ जनाको मृत्यु, केही बेपत्ता

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,साउन २२ ।
सुनिल कार्की ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर परिदा ४ जनाको मृत्यु भएको छ । अझै केही मानिस बेपत्ता भएको हुन सक्ने गुल्मी प्रहरीले जनाएको छ ।

 

घर माथिबाट विहान १० बजेको समयमा खसेको पहिरोले दुई घर पुर्णरुपमा पुरेको हो । पहिरोमा पुरिएर घटनस्थलमै दुईजना र बाँकी दुईजनाको उद्धार गरि उपचारको लागि पाल्पा पठाउने क्रमा मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । अझै केही बालबच्चा पुरिएको आशंकामा खोजीको लागि नेपाली सेना र सशस्त्रको टोली परिचालनको तयारी गरिएको छ ।

 

मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्