पाल्पाको दोभानमा ट्रक मुनि स्कुटी पस्दा दाजुको मृत्यु, बहिनीको अवस्था गम्भीर

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की ।

सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल खण्डको दोभानमा स्कुटी दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।
स्कुटीको पछाडी सवार यात्रु भने गम्भीर घाइते हुनुभएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गानगर बस्ने २१ वर्षीय विवेक अधिकारी रहनुभएको छ भने सोही स्थानकी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । विवेक र रश्मी दाजु बहिनी रहेको प्रहरीले जनाएको छ ।


विवेक र रश्मी बुधबार बेलुकी सवा ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटीमा पाल्पातर्फ जाँदै हुनुहुन्थ्यो । सोही क्रममा बुटवलबाट पाल्पा गइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटी अनियन्त्रीत भई ट्रकको पछिल्लो टायरमुनि परेको प्रत्यक्षदर्शीले बताएका छन । ट्रकको पछिल्लो दायाँ तीरको टायरमा स्कुटी चालक परेको र पछाडीसवार यात्रु भित्तातिर पल्टीएको बताएका छन । घाइते अधिकारीलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पतालमा लागिए पनि अस्पतालले मृत घोषणा गरेको पाल्पाका प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्