नवलपरासीको बर्दघाटमाअति विषालु बाघे सर्प भेटियो, सुरक्षित रहन आग्रह

Facebook
X
WhatsApp
LinkedIn

श्चिम नवलपरासीको बर्दघाटमा अति विषालु रसेल भाइपर स्नेक९बाघे सर्प० भेटिएको छ । यो सर्प नेपालको लुम्बिनी प्रदेशको तराई भेगमा केही मात्रामा मात्र भेटिने गर्दछ । बर्दघाट नगरपालिका(७ बेलहानीमा यो सर्प भेटिएको हो ।

स्थानीयले अजिंगर भनेर सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई बोलाएका थिए । तर सर्प उद्धारकर्ता लामिछानेले यो सर्प अजिंगर नभएर अति नै विषालु रसेल भाइपर भएको पुष्टि गरेका हुन् । देख्दा अत्यन्तै लाटो स्वभावको देखिने हुँदा स्थानीयले अजंगर भएको आशंका गरेका थिए । बर्दघाट क्षेत्रमा मात्रै यो सर्प ६ महिनाको अवधीमा ३ वटा फेला परिसकेको लामिछानेले बताए ।

उनले यस अघि बर्दघाटको डाँडाटोल र पालडाँडाबाट यस प्रजातिको सर्प उद्धार गरिसकेका छन् । यसअघि उद्धार गरिएको २ वटा सर्पलाई जंगलमा लगेर छोडिएको र अहिले उद्धार गरेको सर्पलाई अध्ययनका लागि वन कार्यालयम राखिएको छ । सर्पदशं रोग विशेषज्ञ डां छविलाल थापाले यो सर्प केही मात्रामा नेपालको लुम्बिनी प्रदेशमा भेटिएको र निकै नै विषालु हुने बताए ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्