पाल्पा,असार २४ । । सुनिल कार्की ।
दुई दिनको अविरल बर्षा पछि कालीगण्डी नदि र रिडि आएको बाढीले तीन जिल्लाको संगमस्थल पवित्र रुरु क्षेत्रधाम रिडि डुबानमा परेको छ ।
स्थानिय अमुल्य श्रेष्ठका अनुसार करिब ५० वर्ष पछि रुरु क्षेत्रधाम रिडि डुबानमा परेको बताउनुभयो । रिडि खोला र कालीगण्डी नदिमा पानि सहत बढेपछि रिडि बगरका घर, पसल देखि पवित्र ऋषिकेश मन्दिरको करिब २० फिट अग्लो गेट करिब आधा भन्दा बढि डुबानमा परेको स्थानिय चुरामणि तिम्लिसेनाले जानकारी दिनुभयो । रुरु क्षेत्रधाम रिडिको बगर डुबानमा परेपछि त्यहाँका स्थानिय तीनमुखे झोलुगे पुलबाट यात्रा गर्न बाध्य बनेका छन । रुरु सेवा आश्रममा बस्ने वृद्धवृद्धालाई आवतजावतमा समस्या भएको छ भने दैनिक रुपमा हुँदै आएको सन्ध्या आरती समेत प्रभावित भएको मन्दिर व्यवस्थापना समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
रिडि खोलाको बाढी केही घट्दै गएपनि कालीगण्डकी नदिको सतह भने बढ्दै गएकोले सर्तक र सुरक्षित हुन जिल्ला विपद् व्यवस्थापन समितिकाले आग्रह गरेको छ ।