विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन: सभापति श्रेष्ठको अपिल

Facebook
X
WhatsApp
LinkedIn

विगत केहीदिन देखिको अविरल वर्षाका कारण कैयौं स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरुमा यातायात, विद्युत तथा सञ्चार सम्पर्क प्रभावित भएको पाइएको छ भने वर्षा अहिलेसम्म नरोकिएको अवस्था छ ।

विशेषगरी, सकेसम्म यात्रा तय नगर्नुहुन र यदि यात्रा गर्नुपरेमा सडकको अवस्था बुझेर उच्च सतर्कता सहित यात्रा गर्नुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु । निरन्तरको अविरल वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राहत तथा उद्दारमा पाल्पा जिल्लाका सम्बन्धित निकाय तयारी अवस्थामा रहनुहुन ध्यानाकर्षण गराउँदछु । साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ को उप- दफा १ मा प्रत्येक स्थानीय तहमा स्थानीय बिपद् व्यवस्थापन समितिको गठन र सोही दफाको उप-दफा २ मा सो समितिको १६ वटा बुँदामा काम, कर्तव्य र अधिकार किटान गरिएको छ ।

प्रत्येक स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिलाई पुर्णता दिने र सो समितिको आवश्यकता अनुसार बैठक राखी समितिका गतिविधि जिल्ला विपद् व्यवस्थापन समितिलाई निरन्तर उपलब्ध गराउने गरि कार्य गर्न गराउनुहुन पाल्पा जिल्ला अन्तर्गतका सबै पालिकाहरुलाई सुझाव सहित हार्दिक अनुरोध गर्दछु । ” विपत्ति कसैलाई सोधेर आउँदैन, आफैं उच्च सतर्कता अपनाऔं” जय नेपाल । – हिमाल दत्त श्रेष्ठ सभापति नेपाली काङ्ग्रेस, पाल्पा

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्