पाल्पामा प्रथम स्ववियु कप २०८१ सम्पन्न

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार २२ ।
सुनिल कार्की \

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसको आयोजनामा संचालित प्रथम स्व वि यु कप २०८१ सम्पन्न भएको छ । कपको उपाधि ब्यवस्थापन संकाय अन्तर्गत बि.बि.ए ले जितेको छ । असार १६ गतेबाट सुरु भएको खेल कार्यक्रमको समापन शुक्रबार स्व वि यु प्राध्यापक र कर्मचारी बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगिता संगै एक ओैपचारिक कार्यक्रम विच सम्पन्न भएको छ ।

 

 

स्व वि यु कपमा विविध १२ विधाको खेलहरू संचालन भएको थियो । विधार्थीको प्रतिभा प्रस्फुटनसँगै स्वास्थ्यको कुरालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको थियो । सबै खेलहरूमा करिव ४०० विधार्थीहरू सहभागी भएका थिए । आउने दिनमा पनि विद्यार्थीहरूको हित संगै शैक्षिक उन्नयनको क्षेत्रमा थप सशक्त ढंगले अगाडी बढ्ने सभापति कृष्ण अर्यालले जानकारि दिनुभयो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंक भट्टराई ले स्व वि यु को प्रशंसा गर्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । यस्तै वक्ताको रूपमा विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, पुर्व सभापति हरिबोल भट्टराई लगायतले बोल्र्दै यस्ता खाले कार्यक्रमले विद्यार्थी बिच सदभाव कायम राख्न सहयोग पुग्ने बताउनुभयो ।

 

 

प्रतिकुल मौसमका विच पनि खेल सम्पन्न गर्नको लागि सहयोग पुर्याउने सबैजनालाई हार्दिक बधाईसंगै कार्यक्रमको समापन सभापति कृष्ण अर्यालले गर्नुभएको थियो भने खेल संयोजक भुमिका स्व वि यु सह सचिव उमेश भण्डारीले निर्वाह गर्नुभएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्