पाल्पाको नायर स्वास्थ्य चौकीले सुत्केरीलाई भाले र घ्यू उपहार दिने

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, असार २१ ।
सुनिल कार्की \
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–३ नायरनमतलेसले स्थानिय स्वास्थ्य संस्था छोडेर अन्य ठाउँको स्वास्थ्य संस्थामा जाने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न सुत्केरी आमालाई कुखुराको भाले र घ्यु दिने भएको छ ।

 

घर नजिकैको स्वास्थ्य संस्था र दक्ष जनशक्ति छोडेर अन्य ठाउँमा जाने प्रवृत्ति बढेपछि वडा कार्यालेले नायरनमतलेस स्वास्थ्य चौकीमा सुत्केरी हुने गर्भवतीलाई स्थानिय कुखुराको भाले र घ्यु उपहार दिने कार्यक्रम ल्याएको हो ।

सुत्केरी पोषण कार्यक्रमअन्तर्गत यहाँ सुत्केरी हुने आमालाई कम्तीमा दुई किलोको भाले र एक केजी घ्यु उपहारस्वरुप पुरस्कार दिने योजना ल्याएको वडा अध्यक्ष टिक बहादुर थापाले बताउनुभयो ।

देशका जुनसुकै ठाउँका महिला भए पनि यो स्वास्थ्य चौकीमा आएर सुत्केरी हुनेलाई वडाले भाले र घ्यु दिने जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने आर्यभञ्ज्याङ बजारबाट नजिकै नायरनमतलेस स्वास्थ्य चौकी रहेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्