पियूका विद्यार्थीद्धारा पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार १९ ।
सुनिल कार्की \
स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालय पोेखरा–३०,कास्कीका विद्यार्थीले पाल्पामा विद्यालय स्वास्थ्य शिक्षा कार्याक्रम सञ्चालन गरेका छन । स्नातक तह जनस्वास्थ्य कार्यक्रमको तेस्रो बर्ष छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरु (सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम, समुह–क द्घारा “विद्यालय स्वास्थ्य शिक्षा”कार्यक्रम सञ्चालन गरिएको हो ।

मण्डली माध्यमिक विद्यालय, तानसेन नगरपालिका–१०, सुनडाडाँ पाल्पाका कक्षा ६,७,८,९,१० र १२ विद्यार्थीहरुलाई पोेषण, पानीशुद्घिकरण गर्ने विधि र यसको महत्व तथा महिनावारी स्वच्छता सम्बन्धि विषयमा स्वास्थ्य शिक्षा दिएर सम्पन्न गरेका छन् ।

साथै श्री भयर स्थान आधारभुत विद्यालय, तानसेन नगरपालिका–१०, तेल्घा, पाल्पाका कक्षा १,२,३,४ र ५ का विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई तथा पानी शुद्घिकरण गर्ने विधि र यसको महत्वबारे स्वास्थ्य शिक्षा दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउन श्री मण्डली माध्यमिक विद्यालयका प्रधानध्यापक श्री रामबहादुर वि.क.र सम्पुर्ण शिक्षकहरु, साथै श्री भयरस्थान आधारभुत विद्यालयका शिक्षकहरुले सहयोग गर्नुभएको थियो ।

जिल्लाका विद्यालयमा सञ्चालन गरिएको विद्यालय स्वास्थ्य कार्यक्रमबाट एक सय भन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभवान्वती भएका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्