तानसेनकाे बजेट १ अरब ७६ करोड ७६ लाख

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा । तानसेन नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय तानसेन पाल्पाको १५ औं नगर सभा शुरू भएको छ । नगरसभाकाे शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गरे । नगर सभामा नगर प्रमुख श्रेष्ठले आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम पेश गरेका छन । उनले नगर विकासका लागि निर्धारण गरिएको “स्वस्थ, शिक्षित, उद्यमशील, व्यवसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय, व्यवस्थित, समावेशी र समृद्ध सांस्कृतिक नगरपालिका” भन्ने लक्ष्यलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम तर्जुमा गरेकाे बताए ।  आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम मार्फत उत्पादन र उत्पादकत्व बृद्धि हुने तथा रोजगारीका अवसर सिर्जना हुने गरी पर्यटन, कृषि, युवा उद्यमशिलता जस्ता क्षेत्रमा विशेष ध्यान दिएको बताए ।

 

नगरपालिकाले जनताको गुनासो सिधै नगर प्रमुखसम्म पुग्ने संयन्त्र स्थापित गरी शीघ्र जवाफदेहिता, कारवाही र जानकारीको सुनिश्चितता गर्ने,नगरवासीहरुको दुःख र समस्यालाई सम्बोध गर्न घरआँगनमै नगर प्रमुख कार्यक्रम सञ्चालन गरिने बताए । पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरुको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन गरिने बताए ।  पुरातात्विक, प्राचीन स्मारक तथा संग्राहलयको संरक्षण, मर्मत सम्भारको लागि सम्बन्धित निकाय तथा स्थानीय संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरिने बताए । पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यकता अनुसार सडक, विद्युत, पुल पुलेसा, खानेपानी, सार्बजनिक शौचालय,जानकारी पाटीको प्रवन्ध गरिने,सांकृतिक क्षेत्रमा निर्माण गरिने भौतिक संरचना र घरहरु पनि पुरातात्विक हिसावले निर्माण गर्न प्रोत्साहन गरिने बताए ।

 

“स्वस्थ नागरिक स्वस्थ नगर” भन्ने नीति अनुसार एक वडा एक हरित पार्कको साथमा खुला व्यायाम शाला निर्माण कार्यलाई निरन्तरता दिइने बताए ।  शिक्षा क्षेत्रमा नयाँ अभियान स्वरुप नगर प्रमुख छात्रवृत्ति कोषको स्थापना गरी नगर प्रमुख छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने बताए । नगर प्रमुख श्रेष्ठले मेयर पूर्वाधार विकास कार्यक्रम मार्फत नगरका आधारभुत सेवाहरुः सडक, खानेपानी, सरसफाई, विद्युत, सञ्चार लगायतका शहरी पूर्वाधार सेवालाई प्रभावकारी बनाउने र स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल पुलेसा, सिंचाई प्रणालीको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरि नीति तथा कार्यक्रम बनाइएको बताए ।

 

तानसेन नगरपालिकाकाे पन्ध्राैँ नगरसभाले तानसेन नगरपालिका र मातहतका कार्यालयहरुमा पाल्पाली ढाकाबाट निर्मित पाेशाक लगाउने नीति लिएकाे बताए ।  नगर सभामा नगर उप प्रमुख प्रतिक्षा सिङ्जालीले आर्थिक वर्ष २०८१/०८२ को विषय क्षेत्रगत बजेट तथा कार्यक्रम नगरको विकास र समृद्धिको लागि आगामी आ.व.को योजना तथा कार्यक्रम तर्फ तल्लो खल्डुकबोट खानेपानी आयोजना, समपुरक तर्फ पोलधार आँपटारी ओमपार्क सडक स्तरोन्नती, बतासेडाँडा चण्डिभञ्ज्याङ्ग भुल्के जोर्ते सडक, पप स्कुल देखि श्रीनगर डाँडा जाने पथमार्ग स्तोरन्नती, बागवानी कल्भर्ट हुँदै रक्साह ढल व्यवस्थापन योजना, बसपार्क निर्माण, डुम्रे तेल्घा गुफाचौर सडक योजनाहरुको साथै नगरस्तर र वडास्तरका महत्वपूर्ण योजनाहरु कार्यान्वयन हुने गरि बजेट बिनियाेजन गरेको बताईन ।

 

उप प्रमुख सिङ्जालीले योजना तथा कार्यक्रम संचालनका लागि कुल रु.१ अरव ७६ करोड ७६ लाख २० हजार ९५७ हजार खर्च हुने गरि प्रस्ताव गरेकाे बताइन । समग्रमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बित्तिय व्यवस्था समेत चालु खर्च तर्फ रकम रु.८४ करोड ७७ लाख ७ हजार ५७५ (४७.९६%) र पूँजिगत खर्च तर्फ रकम रु.९१ करोड ९९ लाख १३ हजार ३८२ (५२.०४%) रहेको छ । आर्थिक विकास क्षेत्र तर्फ ६ करोड २ लाख ४६ हजार १३९, भौतिक पूर्वाधार विकास तर्फ रु ८३ करोड ८१ लाख ९२ हजार ४५३, सामाजिक विकास तर्फ रु ६९ करोड ३७ लाख ५९ हजार ४७२, सुशासन तथा संस्थागत विकास तर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ६५ लाख ८५ हजार १८९ रहेको बताइन ।

 

आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएका योजना तथा कार्यक्रमको खर्च व्यहोर्ने आय श्रोत मध्ये संघ सरकारबाट समानीकरण अनुदान तर्फ रु.१५ करोड ४१ लाख, समपुरक अनुदान तर्फ रु.१ करोड ७० लाख, सशर्त अनुदान चालु तर्फ रु.४१ करोड १ लाख ५९ हजार, पुजीगत तर्फ ६.४० करोड १६ लाख २० हजार, विशेष अनुदान १ करोड ५५ लाख र राजध बाँडफाँड तर्फ १२ करोड २८ लाख बजेट प्राप्त भएको छ भनदायले गहिरो देश सरकारबाट सशर्त अनुदान रु.१ करोड ५१ लाख ९३ हजार, समानीकरण अनुदान रु.१ करोड ९ लाख १३ हजार, समपुरक अनुदान १ करोड ५ लाख, राजस्व बाँडफाडबाट रु.८० लाख हजार प्राप्त भएको बताइन ।  सड़क वोर्ड तर्फ ७० लाख, सामाजिक सुरक्षा तर्फ २१ करोड अनुमान गरी प्रस्ताव गरेकी छिन ।

 

यसैगरी आन्तरिक आय तर्फ आन्तरिक राजश्व १८ करोड ४३ लाख १७ हजार ९५७ अनुमान गरिएको बताइन । भारतीय दूतावास २ करोड ४० लाख, युनोप्स ९५ लाख, नगर विकास कोष् १२ करोड ५० लाख, प्रदेश स्थानीय सहयोग कार्यक्रम ३ लाख ८१ हजार, जनसहभागिता तर्फ रु.१ करोड, आगामी आर्थिक बर्षको लागि सरिजाने मौज्दात ३ करोड १६ लाख ३६ हजार अनुमान गरि पेश गरेकाे बताइन । यसरी नगरपालिकाको आगामी आर्थिक बर्षको लागि कुल आय रु.१ अरव ७६ करोड ७६ लाख २० हजार ९५७ हुने अनुमान गरि पेश गरेकाे बताइन । नगरसभामा नगरपालिकाको आर्थिक बिधेयक २०८१ आर्थिक समितिका सम्योजक हेमन्तराज शाक्यले प्रस्तुत गरेका थिए । तानसेन नगर प्रज्ञा प्रतिस्ठान बिघेयक महेश्वर श्रेष्ठले गरे ।  लैङ्िगक समानता अपाङ्ग तथा सामाजिक समाबेशिकरण बिधेयक पनि महेश्वर श्रेष्ठले नगरसभामा प्रस्तुत गरे । सबै बिधेयक माथी छ्लफल आगामी दोस्रो बैठकमा हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

 

नगर सभामा नगरसभाका सचिव एवम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,नगर प्रवक्ता यादब सिङ कार्की,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ५ का वडा अध्यक्ष राम बहादुर रावल,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न ७ का वडा अध्यक्ष प्रदिप खनाल, वडा न ८ का वडा अध्यक्ष साेम नाथ अर्याल,वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल ,वडा न १० का वया अध्यक्ष हिमलाल पंगेनी,वडा न १२ कन वडा अध्यक्ष मेजर सिङ केसी,वडा न १३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराई र वडा न १४ का वडा अध्यक्ष शाेभाकर भट्टराई,कार्यपालिका सदस्य,वडा सदस्यहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन नगरपालिका सामाजिक विकास अधिकृत भरत आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्