अपाङ्गताको साहारा बन्दै मुसिकोट ! स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने

Facebook
X
WhatsApp
LinkedIn

गुल्मी  । मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ ।

 

मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार आफै गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने भएको हो । खानपीन, शौचालय र व्यक्तिगत सरसफाई समेत गर्न नसक्नेहरुको लागि नगरपालिकाले कार्यविधी बनाइ अपाङ्गताको क्षेत्रमा काम गरेको नगरपालिकाले जनाएको छ ।

 

अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । तर तिनीहरु मध्येबाट पनि अति अशक्त प्रकारको अपाङ्गलाई नगरपालिकाले नयाँ कार्यविधी बनाएर उनीहरुको साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउनको लागि यस्तो खालको निर्णय गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

 

उनीहरुको पनि सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने हुँदा उनीहरुको सम्मानको लागि यस्तो निर्णय गरिएको नगरप्रमुख खरेलले बताउनुभयो । मुसिकोट नगरपालिका भित्र (क) वर्गका ९५ (ख) वर्गका १८७ (ग) वर्गका ९३ र (घ) वर्गका ६९ रहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्