रैनादेबी छहरा गाउँपालिकाको १६ औं गाउँसभा शुरू

Facebook
X
WhatsApp
LinkedIn

पाल्पाकाे रैनादेबी छहरा गाउँपालिका १६ औं गाउँसभा शुरू भएको छ । गाउँसभाकाे शुभारम्भ गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गरेका हुन । गाउँसभामा कृषि क्षेत्र हानिकारक बन्यजन्तुबाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम संचालन कार्यविधि २०८१ र कुटानीपीसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ आर्थिक विकास समितिका संयोजक एवं रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप पाैडेलले प्रस्तुत गरेका थिए ।

गाउँसभाबाट रैनादेवी छहरा गाउँपालिकाको शिक्षकको सरूवा तथा काज व्यवस्थापन सम्बन्धी कार्यविधी – २०८१ सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष हुतमान सिङ कार्कीले गाउँ सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत गरेका विधेयकहरुबारे छलफल पछि गाउँसभा अध्यक्ष भट्टराईले गाउँसभामा प्रस्तुत गरेको विधेयकहरु गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरेका थिए ।

गाउँ सरकारका प्रमुख रूक्मागत भट्टराईले आगामी दिनमा पालिकाले गर्ने बिकास सम्बन्धि गतिविधिहरु बारेमा  पढेर सुनाएका थिए । जस्मा आर्थिक, सामाजिक रुपान्तरणका लागि स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित “समृद्ध नेपाल सुखी नेपाली” को आका‌ङ्क्षा पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । मुलुकलाई समृद्ध तथा समुन्नत बनाउन, नेपाली जनताका स्वायत्तता तथा सुशासनको अधिकारलाई आत्मसात् गर्दै, सार्वभौम सत्ताको प्रयोग गर्न जनतालाई स्थानीय स्तरमा नै सेवा उपलब्ध गराउन तथा लोकतन्त्रको संस्थागत विकास गर्न ,स्थानीय सरकार सञ्चालनमा थप प्रभावकारीता ल्याउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशन गरेको सम्पूर्ण व्यवस्थापकिय अधिकारहरुको परिधिमा रहि कार्य सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरे । सिमित स्रोत र साधनबाट असिमित आवश्यकताहरु प्राथमिकताका आधारमा पुरा गर्दै रैनादेवी छहरा गाउँपालिकालाई समृद्ध एवं समुन्नत बनाउने जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए । नेपालको संविधानद्वारा परिलक्षित समाजबाद उन्मुख भौतिक, आर्थिक, सामाजिक विकास का अतिरिक्त वातावरण संरक्षण, प्राकृतिक स्रोत र साधनको समुचित सदुपयोगका र गुणस्तरीय जीवन र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने विषयलाई विशेष रुपमा प्राथमिकताका साथ कार्यक्रमहरुमा समेटिने बताए ।

आर्थिक, समाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने सपना पुरा गर्न निर्वाचनमा मतदाताहरु समक्ष गरेको प्रतिबद्धताहरु पुरा गर्नको लागि आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमहरु मार्फत प्राथमिकताका आधारमा समेट्दै जाने बताए । स्थानीय स्रोत र साधनलाई समयानुकुल पहिचान गरी परिचालन गर्दा आर्थिक विकास हुने र प्रतिफल प्राप्त गर्ने कुरामा विश्वास लिएको बताए ।  गाउँपालिकाको दिगो विकासका लागि प्रस्ताव गरिएका मूल पाँच प्राथमिकतामा रहेका खम्बाहरु “कृषि रोजगारी उद्मम तथा पर्यटन, शिक्षा-स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पूर्वाधार, प्राकृतिक श्रोत र वातावरण” लाई विकासको प्रमुख प्राथमिकताका रुपमा स्विकार गर्दै कार्यक्रमहरु तय गरिने बताए । गाउँपालिकाको दिगो विकासको लागि निजीक्षेत्र तथा समुदायसंग साझेदारीमा काम गर्न आवश्यक कदम चालिने बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेर गाउँपालिकाको अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्चमा वृद्धि, गुणस्तरिय पूर्वाधार निर्माण, भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलता, राजस्व चुहावटमा कडाईका साथ नियन्त्रण, सेवा प्रवाहमा सहजता, रोजगारमा वृद्धि, पर्यावरणीय पर्यापर्यटन, समावेशिता, गरिबी न्यूनिकरणमा जोड, गुणस्तरिय काम र प्रतिफल प्राप्त गर्न गाउँपालिकाको यो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई केन्द्रित गरिने बताए ।

गाउँपालिकाले शिक्षाकाे क्षेत्रमा प्राविधिक शिक्षाका लागि छात्रवृत्ति,विद्यालय स्वास्थ्य सम्बन्धि कार्यक्रम सुदृढीकरणको लागि एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स कार्यक्रमलाई व्यवस्थित तथा विस्तार गर्दै लाग्ने बताए । विद्यालयका कर्मचारी तथा बाल विकास सहजकर्ताहरूका लागि क्षमता विकाससँगै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीहरूको चौतर्फी विकासको लागि हरेक शुक्रबार बुक फ्रि-डे को अवलम्बन गरिने बताए । स्वास्थ्यकाे क्षेत्रमा नागरिकको घरदैलो मै सेवा भन्ने नाराका साथ एकीकृत रूपमा निशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, ८० वर्ष माथिका बुवाआमालाई “स्वास्थ्य बा-आमा कार्यक्रम” मार्फत घरघर मै गई स्वास्थ्य सेवा दिईने, “पाँच-अ कार्यक्रम” अर्थात अपाङ्ग, अशक्त, असहाय, अतिविपन्न र आर्थिक अवस्था कमजोर भएका र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गरिने,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च राख्दै क्षमता अभिवृद्धि तथा कार्यसम्पादनमा प्रोत्साहन गरिनुका साथै सम्मानजनक विदाईको लागि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कोषको स्थापना गरिने, सुत्केरी आमा पोशिलो खाना कार्यक्रम सञ्चालन गरिने बताए ।

त्यस्तै गाउँपालिकाले खानेपानी तथा सरसफाइकाे क्षेत्रमा  स्वच्छ खानेपानी पहुँचको सुनिश्चितताका लागि एक घर एक धारा निर्माण तथा सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने बताए । युवा तथा खेलकुदकाे क्षेत्रमा युवा उद्यमशिलता विकासका कार्यक्रमहरू मार्फत युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख सिपमूलक तालिममा आबद्ध गराउने र  एक वडा एक उद्यान र एक खेल मैदान नीतिलाइ आत्मसाथ गरिने बताए । कृषि तथा पशुपालनकाे क्षेत्रमा कृषि उत्पादको मुख्य सृङ्खलाको विकासलाई थप प्रभावकारी बनाउने क्रममा कृषि उपजको बजारीकरणका लागि कृषि बजार प्रणाली सफ्ट्वेयर मा लागू गरी कार्यान्वयनमा ल्याइने र विद्यार्थीसँग कृषि कार्यक्रम अन्तर्गत पढ्दै, सिक्दै कमाउदै गर्नका लागि हरेक माध्यमिक विद्यालयमा कृषि मुलक कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष भट्टराईले बताए ।

सभामा गाउँपालिका उपाध्यक्ष युवराज थापाले आफू पद बहाली भएदेखि नै गाउँपालिकाका महिला बालबालिकाको अधिकार र सुरक्षाको लागि सक्रिय भुमिका खेल्दै आएको बताए । न्याय समितिको संयोजक भएकोले गाउँपालिकामा दर्ता भएका मुद्दाहरु गाउँपालिकामामै मिलापत्र गराउन सफल भएको बताए । रैनादेबी छहरा गाउँपालिका बासीलाई आफ्नो टोलमा हुने गरेका झै झगडा वडामै समाधान गर्न प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र खोलेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बाटाघाटा,प्रशासनिक भवन, स्वास्थ्य शिक्षा, कृषि हरेक क्षेत्रमा गाउँपालिकाले अग्रता लिएको बताए । गाउँपालिकामा प्रशासनिक भवन, सभा हल, स्वास्थ्यचौकी, बाटा घाटाहरु, गाउँ गाउँमा नाली सम्पन्न भैसकेको छ । विद्यालयको भौतिक पुर्वधार विकास, शिक्षक अनुदानको व्यबस्था गरिएको छ । विद्यालयमा नर्स कार्यक्रम सञ्चालन,सिङ्गाे रैनादेबी छहरा गाउँपालिकाकाे पहिचान बाेकेकाे रैनादेबी मन्दिरकाे पुन निर्माण लगाएतका काममा गाउँपालिकाले तिव्रता दिएकाे बताए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्