आईटीएफमा तेक्वान्दोमा पाल्पालाई ६ सहित स्वर्ण १४ पदक

Facebook
X
WhatsApp
LinkedIn

नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिताअन्तर्गत मार्सलआर्टको विधा आईटीएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन बनेको हो ।

यसैगरी खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कांस्य गरी कूल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । खेलमा गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी कूल ९ पदक जित्दै तेस्रो तथा रोल्पा जिल्लाले ४ स्वर्ण, १ रजत र ३ कांस्य गरी कूल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा महिलातर्फ गुल्मीकी सविना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित भए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्