May 12, 2024

काठमाडाैं । लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको हो ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ । यो प्रस्ताव केही समय पहिल्यै गरिएको भए पनि आजको बैठकमा पुनः पेश गरिएको छ ।

यस्तै महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरिएको छ । पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिना अध्यक्ष दाहालले २१ सदस्यीय पदाधिकारी चयन गर्ने गरी प्रस्ताव गरिएको हो । माओवादीले गत पुसमा आठौं महाधिवेशनको आयोजना गरेको थियो ।

Converted document

स्रोतका अनुसार उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत प्रस्तावित हुनुहुन्छ ।

त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको छ ।

यसैगरी कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई प्रस्तावित गरिएको छ । यो प्रस्तावलाई बैठकले छलफलसहित अनुमोदन गर्ने तयारी छ । लामो समयसम्म पदाधिकारी चयन हुननसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना भइरहेको सन्दर्भमा त्यसलाई टुङ्गो लगाउन खोजिएको पार्टीले जनाएको छ ।

Converted document
Converted document
Converted document

Leave a Reply

Your email address will not be published. Required fields are marked *