पाल्पामा गोरु हत्या गरेको आरोपमा दुई जना पक्राउ

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,जेठ १२ ।
सुनिल कार्की ।
पूर्वी पाल्पाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोेदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरि हत्या गरेका थिए । गोरु हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । ति व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्