अब रैनादेवी छहराको सेवा मोबाइल एप्सबाट पनि पाइने  

Facebook
X
WhatsApp
LinkedIn

 

पाल्पा,जेठ ०८

सुनिल कार्की \

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको गाउँपालिकाले प्रदान गर्दै आएका हरेक किसिमका सेवा सुविधाहरुलाई अनलाईनमार्फत डिजिटल प्रविधीमा सेवाग्राहीले घरघरमै पाउने गरी मोबाइल एप्सको सुरुवात गरेको हो 

सेवाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले शुभारम्भ गर्नुभएको थियो एप्लिकेशनबाट तत्काल सेवाग्राहीले गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सक्ने छन   पालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहको बारेमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव गुनासो राख्न सक्ने व्यवस्था गरिएको पालिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो

एप्लिकेशनमा आपतकालीन सेवा, प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्वरहरु राखिएको सोमवारदेखी सञ्चालनमा आएको पालिका एप्समा  गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने गाउँपालिका भित्रका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी समेत प्राप्त गर्ने छन

यस एप्सलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गर्ने तयारी गाउँपालिकाले गरेको

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्