April 27, 2024
पाल्पा, फाल्गुन ०४ ।
टंक प्रसाद पन्थ \
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा जर्नल लाेकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथि  त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्याल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा तथा जीवनबहादुर थापा हुनुहुन्थ्यो ।
कार्यक्रमकाे प्रारम्भमा राष्ट्रगान प्रस्तुत गरिएको थियोे । यस लगत्तै प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे । यसपछि विज्ञसमीक्षित पत्रिका त्रिभुवन जर्नलकाे लाेकार्पण गरिएको थियोे । जर्नल प्रकाशनकाे प्रक्रिया तथा त्रिभुवन जर्नल २ माथि टिप्पणी गर्ने काम अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरेले प्रकाश पार्नुभयाे । क्याम्पस प्रकाशित हुँदै आएका अरू पत्रिकाकाे प्रकाशन सन्दर्भलाई जाेड्नुभयाे ।
साे अवसरमा प्रमुख अतिथिलाई सम्मान अर्पणकाे कार्यक्रम गरिएको थियो । प्राध्यापक संघ एकाइ समिति र कर्मचारी संघ एकाइ समितिलाई प्रशंसापत्र प्रदान गरिएको थियोे । जर्नल प्रकाशनमा भूमिका खेलेका व्यक्तिलाई मायाको चिनाे प्रदान गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि त्रिविका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले शैक्षिक धराेहरका रूपमा रहेको ऐतिहासिक क्याम्पसलाई कसरी माथि उठाउने भन्ने कुराले आफूलाई पनि पिरोलिरहेको विचार राख्नुभयाे । याएकाे कुरा मुक्तकण्ठले व्यक्त गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसकाे कमजोर पूर्वाधारलाई कसरी माथि उठाउने भन्ने कुरा आफूभित्र सल्बलाएकाे अनुभूति उहाँकाे थियो । परीक्षा सुधारको पाटाेलाई पहिलो प्राथमिकतामा राखेको कुरा प्रस्तुत गर्नुभयो । नीतिगत त्रुटिलाई सधार्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । अनुसन्धान विनाको प्राध्यापनले विश्वविद्यालयमा काम नगर्ने यथार्थलाई उहाँले झल्काउनुभयाे । माेफसलका क्याम्पसकाे साझा समस्या रहेको र विश्वविद्यालयले ग्रेडिङ गरेर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । नीतिगत कुरा, भाैतिक संरचना सुधारको कुरा, स्थानीय याेगदानलाई विशेष सम्बाेधन गरेर अगाडि बढ्नुपर्ने बेला आएको धारणा राख्नुभयाे । जर्नल प्रकाशनका लागि हार्दिक बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार चाेलेश्वर शर्माले डा. कृष्णप्रसाद बस्याललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । २०४७ सालदेखि २०५९ सालसम्म सहकर्मीका रूपमा रहेका मित्र त्रिविको रजिस्ट्रारमा नियुक्त हुनुभएकाेमा क्याम्पस र पाल्पालीलाई गाैरवकाे अनुभूति भएको सन्दर्भ जाेड्नुभयाे । उहाँले भाेलिका दिनमा माथिल्ला पदमा रहेर सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको धारणा राख्नुभयाे । विश्वविद्यालयकाे पहिचान कक्षाकाेठाकाे पठनपाठनका साथै अनुसन्धानमूलक कार्य नै प्रमुख रहेकोमा नियमित रूपमा पत्रिकाहरू प्रकाशन गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । क्याम्पसकाे समग्र उन्नयनमा सरकाे कार्यकालमा सम्झिन लायक काम हाेस् भन्ने शुभेच्छा पनि उहाँले व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य राख्नेहरूमा क्याम्पस स्ववियुका अध्यक्ष कृष्ण अर्यालले पत्रिका प्रकाशन कार्यलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्राध्यापक तथा कर्मचारीकाे कमीका कारण क्याम्पसले झेल्नुपरेको समस्यालाई उहाँले उल्लेख गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसमा पक्कै पनि सुधार हुने आशा राखिएको विचार उहाँले व्यक्त गर्नुभयो । तानसेन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख पुष्करराज रेग्मीले क्याम्पसकाे उत्तराेत्तर प्रगतिको कामना गर्नुभयो । कृष्ण सर अभिभावक रहेको सन्दर्भ उल्लेख गरी अनुकरणीय कार्य गर्नका लागि आग्रह गर्नुभयो । पाल्पाको उच्चशिक्षाका बारेमा त्रिभुवन बहुमुखी क्याम्पसले नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो ।
साहित्यकार राजेन्द्रगाेपाल सिंहले पत्रिका प्रकाशनकाे इतिहासलाई सङ्केत गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको भविष्य हाे भन्दै प्राध्यापकहरूले सम्मान तथा सामना ग्रहण गर्न तयार हुनुपर्ने विचार उहाँले प्रस्तुत गर्नुभयो ।
त्रिवि कर्मचारी संघका अध्यक्ष डुकुलराज ढकालले कर्मचारीका समस्यालाई प्रस्तुत गर्नुभयो । दरबन्दीअनुसार कर्मचारी कर्मचारीलाई काम गर्न निकै दबाब परिरहेको यथार्थलाई उहाँले व्यक्त गर्नुभयो । जर्नल प्रकाशनलाई समेत बधाई ज्ञापन गर्नुभयो । त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर रानाले त्रिभुवन जर्नलकाे प्रकाशन सुखद अवसरमा आउनुभएका रजिस्ट्रारकाे आगमनले गाैरवान्वित बनाएको विचार व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयकाे बेथितिलाई चिर्न बस्याल सर निर्मम हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । प्राध्यापक र कर्मचारीका विविध समस्यालाई उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको हाे । उहाँले क्याम्पकाे अब्बल पठनपाठन र गुणात्मकता सन्तोषजनक रहेको सन्दर्भलाई उठाउनुभयाे । क्याम्पसले झेल्नुपरेका समस्या र समाधानका लागि पहल गर्न पाल्पाबाटै त्रिवि नेतृत्वमा रहनुभएका नेतृत्वलाई साेच्न आग्रह गर्नुभयो । उपस्थित अतिथि लगायत सहभागीहरूलाई स्वागत गर्ने काम सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले गर्नुभएको थियोे । कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामनाथ न्याैपानेले गर्नुभएको हाे ।
कार्यक्रममा पाल्पाका साहित्यकार तथा बाैद्धिक व्यक्तिहरूकाे बाक्लो उपस्थिति रहेको थियोे । क्याम्पसका पूर्व प्राध्यापक, कर्मचारीहरूकाे पनि उपस्थिति थियोे । क्याम्पसका प्राध्यापक, विद्यार्थीहरूकाे सघन उपस्थितिले कार्यक्रमलाई सार्थकता प्रदान गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *