पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए। मृतक तीनैजना बालबालिकाको शव निकालिएको प्रहरीले जनाएको छ। घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लगातारको वर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घर माथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्