तालको संरक्षण हुन थालेपछि सिमसार कमलपोखरी तालको फेरियो मुहार – फोटो फिचर

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,मंसिर १९ ।
सुनिल कार्की
पश्चिम नेपालको सुन्दरी नगरिको उपमा पाएको पाल्पाको तानसेन नगरपालिका ७ मा अवस्थित कमलपोखरी तालको संरक्षण र जिर्णउद्धार हुन थालेपछि तालको मुहार फेरिदै गएको छ । सिमसार क्षेत्रमा सुचिकृत यस तालको प्रर्वद्धनमा स्थानिय सरकार जुटेपछि मासिने अवस्थामा पुगेको तालले अहिले नयाँ रुप पाउन थालेको हो ।

कुनै समय ताल नै मासिने स्थितमा पुगेको सिमसार क्षेत्रमा सुचिकृत कमल पोखरी तालको अहिले संरक्षण हुन थाले पछि स्वरुप नै फेरिन थालेको छ । स्थानिय सरकार तानसेन नगरपालिकाले तालको संरक्षणको ढल व्यवस्थापन, मुहान संरक्षण, कमलफुलको रेखदेख, घेराबार निर्माण, नालि निर्माण देखि तालको सौन्दर्यताको लागि सरसफाईसँगै ताल परिसरमा झिलिमिली बिजुली जडान गरेपछि कमलपोखरीको सौन्दर्यकरण समेत बढेको हो । प्रकृतिक तालको पहिचान बनाएको यस तालमा करिब लोप नै हुने अवस्थामा पुगेको सेतो कमलको फूल समेत फुल्न थालेपछि अहिले यहाँ ताल घुम्न आउने आन्तरिक र बाह्य पर्यटक समेत बढेका छन । ऐतिहासिक ताल वरिपरि घुम्न र अवलोकन गर्न फूट ट्रेल सहितको प्रतिक्षालय बनेपछि विहान र बेलुकीपख ताल वरपर अध्ययन अवलोकनको लागि आन्तरिक पर्यटकको चहपल समेत बढेको छ । दिउँसोको समयमा भने बाहिरी जिल्लाबाट आउने पर्यटकले तालमा फोटो खिच्ने, भिडियोग्राफी गर्ने, कमलको फूल टिप्ने र फिसिङ्ग गर्न मन पराउने समेत कमलपोखरी पुगेर रमाउ थालेका छन ।

अहिले तालको संरक्षणको लागि तानसेन नगरपालिका वडा नं ७ ले तालको विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत निर्माणको चरणमा अघि बढेको छ । वडा कार्यालयले केही दिन भित्रमै कलपोखरीमा ढुंङ्गगा सयर गर्न रुचाउने पर्यटकलाई लक्षित गरि ६ जना अट्ने क्षमताको ढुंङ्गगा समेत चलाउने गरि तयारी थालेको हो । यसको लागि तानसेन नगरपालिकाले २ लाख ५० हजार र सोही बराबार स्थानियको लागत सहभागीतमा कुल ५ लाख बजेटमा ढुंङ्गगा चलाउने गरि काम अघि बढेको वडा अध्यक्ष प्रदिप खानलले बताउनुभयो । वडाले तालमा घुम्न आउने सबै उमेर समुहका पर्यटकलाई लक्षित गरि पाका उमेर समुहको लागि खुल्ला व्यामशाला र बालबालिकाको लागि चिल्ड्रेन पार्क समेत संञ्चालनमा ल्याएको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो ।


सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको किनारमा अवस्थित यस तालले अहिले संरक्षण पाएपछि आन्तरिक पर्यटकको रोजाई स्थल बनेको छ भने पर्यटन प्रर्वद्धन मार्फत पर्यटकलाई मनोरञ्जनका साथै आन्तरिक आम्दानीमा समेत टेवा पु्याउने अपेक्षा पर्यटनका जानकारहरुले लिएका छन । कुनै समय भुमाफियाको अतिक्रमणको कारण संकटमा परेको तालले अहिले नयाँ रुप पाउन थालेपछि जिल्लाका पर्यटनसँग सम्बन्धीत सरोकारवाला समेत हर्षित बनेका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्