पाल्पा,जेठ १३ ।
सुनिल कार्की \
पाल्पाको तानसेनमा एक महिने ढाका कपडा बुनाइ तालिम सुरु भएको छ ।
तानसेन नगरपालिकाको सहयोग र पाल्पाली ढाका संघ पाल्पाको समन्वयमा तालिम सुरु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाकि उप प्रमुख प्रतीक्षा गाहा सिंजालीले महिला दिदिबहिनीहरुले सीप सिकेर जिबिकोपर्जन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले पाल्पामा ढाकाको माग धेरै भएकाले उत्पादनले बजार राम्रो पाउने बताउदै उहाँले छनोट भइ आएका महिला दिदी बहिनीहरुले सिकेका कुरालाई ब्यबहारमा उतार्नु पर्ने बताउनुभयो । पाल्पाली ढाका संघका तीन बटा सदस्य कारखानामा तालिम हुने छ ।
तालिममा २० जनाले तालिम लिने पाल्पाली ढाका संघका ब्यबस्थापक अनुषेश रायमाझीले जानकारी दिनुभयो ।कार्यक्रममा पाल्पाली ढाका संघकि अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षता र चिना न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।