पाल्पाको पूर्वखोला गाउँपालिका रिङ्नेरहमा दुई दिने वालविवाह तथा आत्महत्या न्युनीकरण सम्वन्धि सचेतनाकार्यक्रम शुरु भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, लुम्विनीप्रदेस सरकार सामाजिकविकास डिभिजन कार्यालयको सहयोग र पूर्वखोलागाउँपालिकाको समन्वयमा वाल विवाह तथा आत्महत्या न्युनीकरण सम्वन्धि सचेतना कार्यशाला कार्यक्रम संचालनभएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाकाअध्यक्षनुनबहादुर थापाले पालिकाका विभिन्न क्षेत्र तथा वडाहरुमा लुकि छिपी भईरहेकाबालविवाहलाई न्युनिकरण गर्न कार्यक्रमले सहयोग पुग्ने बताए । जनचेतनाकमीमै कारण बालविवाह र आत्महत्याका घटनाहरु भएकोले यस्ता कार्यक्रमहरु हरेक क्षेत्रबाट निरन्तर भईरहनु पर्नेमाअध्यक्षथापाले जोड दिए । विशेषगरी विभिन्न समुदायमाअझैपनि २० बर्ष भन्दाकमउमेरमै भागेर विवाहगर्ने, पढ्दा पढ्दै कक्षा छोड्ने क्रमलाई पालिकाभित्र पूर्णरुपमा न्युनिकरणको लागी समुदायको प्रमुखहात रहेको अध्यक्षथापाले बताए । 

कार्यक्रममागाउँपालिकाउपाध्यक्षभागिरथीशर्मा भट्टराईले बालविवाहको कारण सबैभन्दा पिडा महिलाहरु लाई नै हुनेभएकोले महिलाहरु नै बढी सचेत हुनुपर्ने बताईन । बालविवाहको कारण सानै उमेरमाविवाहहुदा, पढाई कमजोर हुने, कलिलै उमेरमाबच्चाको आमाबन्ने, कमउमेरमै पारिवारिक बोझले सताउने, कमउमेरमागर्भवतीहुदा समय समयमा स्वास्थ्य समस्याहुने जस्ता समस्याहरु देखिने गरेकोले समय समयमा सचेतनाकाकार्यक्रम जरुरी रहेको उपाध्यक्षशर्मा भट्टराईले बताईन ।
कार्यक्रममागाउँपालिकाप्रवक्ता मेहर सिं थापा, गाउँपालिकाकाप्रमुखप्रशासकीयअधिकृत सुन्दर प्रसादश्रेष्ठ, कानुनव्यबसायीअधिबक्तानारायण ज्ञवाली, पाल्पाविकास केन्द्रकाकार्यक्रम संयोजककिरण कौशलले सहजीकरण गरेका छन ।

जेठ २६ र २७गते संचालनभएको कार्यशालामावडा नंं २ जल्पा, वडा नंं ३ रिङ्गनेरह र वडा नंं ४ देवीनगरकाशिक्षक, विधार्थी, वडा सदस्य, टोल विकास संस्थाकाप्रमुखतथाप्रतिनिधी, नागरिक समाजकाअगुवाव्यक्तिहरुको सहभागीता रहेको छ । अन्य ३ वटाहरु वडा नंं १ सिलुवा, वडा नंं ५ विरकोट र वडा नंं ६ हेक्लाङ्गकाशिक्षक, विधार्थी तथाअगुवाव्यक्तिहरुलाई अर्काे चरणमा तालिमप्रदानगर्ने पाल्पाविकास केन्द्य्रकाकार्यक्रम संयोजककौशलले जानकारी दिए ।
तालिममा सहभागीभएकाप्रशिक्षकहरुले आफ्नो, गाउँटोल, विधालय, समुदायतथा घर घरमापुगेर सचेतनाजगाउदै पालिकाभित्रहुने बालविवाहतथाआत्महत्यालाई न्युनिकरण गर्ने छन । वडा नंं ३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामाभएको कार्यक्रम संचालनपाल्पाविकास केन्द्रकाकार्यक्रम संयोजककिरण कौशलले गरेकाथिए ।