तिनाउका दुई वडा पुर्ण संस्थागत सुत्केरी घोषणा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।
पाल्पााको तिनाउ गाउँपालिकाका दुई वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । गाउँपालिकाको वडा नं. १ र २ नं. वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

तिनाउको वडा नं. १ र २ मा स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेपछी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको श्रेष्ठले बताउनुभयो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताउनुभयो । उहाँले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताउनुभयो ।

वडा नं. १ र २ मा घरमा सुत्केरी हुने संख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ । एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्