लक्षित वर्ग तथा टोल विकास संस्थाका महिलाहरुलाई लैङ्गिक समानता सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट छनौट प्रक्रिया तथा सबै प्रकारका दुर्व्यवहार सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा टोल विकास संस्थाका पदाधिकारी तथा महिलाहरुका लागि२ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमुखी बजेट निर्माण गरि नगरपालिकाले कार्यान्वयन गर्दै आएको बताउनु भएको छ । उहाँले योजना संकलन गरी बजेट निर्माण गर्दा लैससासलाई समेटेर तयार गरिएको बताउनुभयो । योजना संकलन र बजेट निर्माणमा सहज होस भन्ने उद्देश्यले टोल विकास संस्थाका पदाधिकारीहरुलाई यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । साथै उहाँले टोल टोलमा योजना संकलन गर्दा लैससासलाई समेटेर छनौट गर्न आग्रह गर्दै लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं।१ का अध्यक्ष कपिल बहादुर खाँणले समाजका सबै क्षेत्र र समुदाय समेटिने गरि योजना तथा बजेट निर्माण गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जनताको आवश्यकतालाई मात्र नभई लैससासको सूचक पुरा गर्ने गरि कानुनले निर्दिष्ट अधिकार क्षेत्र भित्र रही योजना तय गर्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका १० वटै वडाभित्र रहेका टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको अनुशिक्षण कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण,लैङ्गिक उत्तरदायी बजेट निर्माण,योजना छनौट प्रक्रिया,संस्था दर्ता तथा नियमन प्रक्रिया,विभिन्न दुर्व्यवहार लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
नगरपालिकाको सभाहलमा सोमबार र मंगलबार भएको अनुशिक्षण कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी,आलेप अधिकृत हृदेयश पन्थी,योजना शाखा प्रमुख विक्रम बस्नेत,महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रवक्ता एवं वडा नं।१का अध्यक्ष कपिल बहादुर खाँणको स्वागत र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।