भूपू सैनिक राईजिङ्ग अंग्रेजी माविको अध्यक्षमा क्याप्टेन मल्ल

Facebook
X
WhatsApp
LinkedIn
चैत २६ ।
पाल्पा, भूपू सैनिक राईजिङ्ग अंग्रेजी माध्यमिक विद्यालय रामपुर ५ पाल्पाको अध्यक्षमा क्याप्टेन हिमाल मल्ल चयन हुनु भएको छ । सोमबार सम्पन्न विद्यालयको दशौं अधिवेशनले सर्वसम्मत रुपमा मल्लको अध्यक्षमा समिति चयन गरेको हो ।समितिको सदस्यमा सुवेदार गणेश बहादुर क्षेत्री, महिला सदस्य टुका कुमारी रानालाई चयन गरेको छ । समितिमा नगर शिक्षा अधिकृत विकल काफ्‌ले र सदस्य सचिवमा प्रधानाध्यापक गोपि सिग्देल हुनुहुन्छ । समितिमा शिक्षक प्रतिनिधि र वडा प्रतिनिधि चयन गर्न बाँकी रहेको छ ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी काफ्लेले शिक्षाको विकासमा संस्थागत विद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँ समिति गठन प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक क्याप्टेन रोमन बहादुर राना, विद्यालय व्यवस्थापन समिति प्रमुख सल्लाहकार सुवेदार केशर बहादुर खाँण, सल्लाहाकार क्याप्टेन देव बहादुर थापा मश्राङ्गी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आदर्श भुपु सैनिक संस्थाका अध्यक्ष अनेरी नायव सुवेदार पूर्ण बहादुर राना, शेयर संयोजक क्याप्टेन ओमनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य सीता प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । प्रधानाध्यापक गोपी सिग्देलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको हो । बन्द सत्रको कार्यक्रम विद्यालयका संरक्षक क्याप्टेन धन बहादुर रानाको संयोजकत्वमा भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्