नरेन्द्र प्यासीको आवाजमा रुमानीको धिम धिम मुटु

Facebook
X
WhatsApp
LinkedIn

काठमाडौँ ।

गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा सङ्गीत छ । गीत, जीवन को उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ । जीवनमा एक्लो हुनुको पिडालाई गीतमा व्यक्त गरिएको छ । भिडिओमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहको मुख्य अभिनय छ । निहाल नरेन सिंहको निर्देशनमा बनेको भिडिओमा सविन अधिकारी सहायक निर्देशकको रूपमा छन् । यस गीत गीतकार रुमानीकै युट्युब च्यानल रुमानी क्रियशनबाट सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका रुमानीको शब्दमा यसअघि पनि कल कल मुया बोलको गीत सार्वजनिक भैसकेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्