देउराली सामुदायिक वनको नयाँ समिति गठन

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,साउन २७ ।

जिल्लाको तानसेन नगरपालिका वडा नं ३ र ५ मा फैलिएको देउराली सामुदायिक वन उपभोक्ता समुहको २४ औं साधरण सभा सम्पन्न भएको छ ।

दुई वटै वडाका स्थानियको सहभागितामा सम्पन्न साधरण सभाले राजेन्द्र अधिकारीको नेतृत्वमा नयाँ उपभोक्ता समुह समेत गठन भएको हो । १४ दशमलव २ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त समुदायिक वनको उपाध्यक्षमा विमला ज्ञवाली आत्रेय, सचिवमा शान्ति ज्ञवाली, सहसचिवमा सपना जिसी, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी, र सदस्यहरुमा भुम कला सन्मानी, राज कुमार गन्र्धब, लक्ष्मी पाण्डे र देवका खत्री रहनु भएको छ । नव गठित उपभोक्त समुह ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुषको सहभागिमा चयन गरिएको हो ।

समुहले वनदेवीको संरक्षणको लागि कार्ययोजना बनाई स्थानिय सरकारलाई हस्तान्त्रण गर्ने, यसै वनमा फालिदै आएको तानसेनको फोहोरलाई रोक्न पहल गर्ने र समुदायिक वनको संरक्षणमा विशेष ध्यान दिने लगायतको काम गर्ने लक्ष्य लिएको नव गठित उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्