कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपाल भ्रमण गर्दा सरकारले करिब साढे दुई करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कतारका अमिरको भ्रमणको समयमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयले कुल दुई करोड ४७ लाख एक हजार रुपैयाँ खर्च गरेका हुन् ।
कतारका अमिरको नेपाल भ्रमणको समयमा परराष्ट्र मन्त्रालयले एक करोड १७ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, उक्त भ्रमणमा राष्ट्रपति कार्यालयले एक करोड २९ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो ।
अर्थ मन्त्रालयले भ्रमणमा खर्च भएको उक्त रकम राष्ट्रपति कार्यालयलाई गत जेठमा र परराष्ट्र मन्त्रालयलाई गत असारमा निकासा गरेको थियो ।