डुम्रेमा मोटरसाइकल दुर्घटना हुँदा रामपुरका दुई युवक घाईते

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, २२ असोज । सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् ।

पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकले सोही दिशाबाट आउँदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवक घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने १८ वर्षीय प्रविन उचई र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेका छन् ।

घाइते दुबै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको प्रहरीले बताएको छ । प्रविन उचाईको अवस्थामा माध्यम रहे पनि नारायण उचाई ठकुरीको अवस्था सिरियस रहेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्