पाल्पामा प्रलोभन देखाएर सुन ठगी गर्ने चार जना पक्राउ  

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,साउन १६

सुनिल कार्की \

पाल्पा सदरमुकाम तानसेन बजारका विभिन्न ठाउँमा स्थानीयलाई प्रलोभन देखाएर सुनका गहरगनाको ठगी गर्ने चार जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको

सुन जस्तै देखिने पहेलो धातु देखाई प्राय वृद्धाहरुलाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने गरेको उजुरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले बताउनुभयो पक्राउ पर्नेमा जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका का ३३ वर्षीय लक्ष्मण कुमाल रुपन्देही ओमसतिया गाउँपालिका –५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेल रहेको पाल्पाका प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो नक्कली सुनको प्रलोभनमा ठगिएको भनी पाल्पामा गत वर्ष एक यस वर्ष दुईवटा उजुरी परेको आधारमा पाल्पा प्रहरी खोजी सुरु गरेको थियो सोहीक्रममा ठगी गर्नेहरु तानसेनको टुँडिखेलस्थित साझा फेन्सी पसल नजिकैबाटै पक्राउ गरेका हुन

प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु थान बरामद गरेको उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्