४५ दिने निशुल्क लोक सेवा आयोग तयारी कक्षा रामपुरमा सम्पन्न

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा । निशुल्क लोक सेवा आयोग तयारी कक्षा रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको ४५ दिने लोक सेवा आयोग तयारी कक्षाको मंगलबार समापन गरिएको छ ।

 

समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लोक सेवा आयोग पढ्न चहाने विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उद्देश्य प्राप्तिका लागि लगनशिलता र निरन्तरताको खाँचो रहेको बताउनुभयो ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।

 

यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाले सञ्चालन गरेको निशुल्क लोक सेवा आयोग तयारी कक्षाको उपलब्धी र औचित्य पूरा गर्नका लागि परिक्षामा सफल भएर राष्ट्र सेवक कर्मचारी बन्न आग्रह गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले लोक सेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो ।

 

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववीयु सभापति ल्याकत अली,सहभागि विद्यार्थी सुरक्षा घिमिरे, पुजा पगेनी र संगिता बस्यालले बोल्दै लोक सेवा आयोग बारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

साथै लोक सेवा आयोग तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागिलाई पुरस्कृत समेत गरेको छ । सहभागी मध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका छन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका प्रशासन अधिकृत ,सूचना अधिकारी तथा तालिमका संयोजक युवराज पन्थीलेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्