गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने

Facebook
X
WhatsApp
LinkedIn

गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने योजना ल्याएको छ ।

बुधबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले डढेलो र आगलागीको मुख्य कारण सल्ला भएको भन्दै त्यसलाई विस्थापित गर्ने जनाएका हुन् ।

गाउँपालिकाले सल्लाका रुख काटेर त्यसको ठाउँमा हावापानी अनुसार अन्य प्रकारका रुख तथा बुट्याउन रोप्ने नीति ल्याएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा खानेपानीका स्रोतको संरक्षण गर्न ‘एक वडा पाँच पोखरी’ को नीति लिएर हरेक वडामा पानी पुनर्भरण पोखरी निर्माण गरिने उल्लेख छ ।
गाउँपालिकाले रैथाने बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने भएको छ । रैथाने लोपोन्मुख बाली जस्तै– कोदो, लट्टे, जुनेलो, धैया, तितेफापर, जौं, उवा जस्ता बालीको बिउँबिजन संकलन र व्यवस्थापन गरी लगाउन कृषकहरूलाई प्रोत्साहन गरिने जनाइएको छ ।

त्यस्तै ‘खेतदेखि पेटसम्म, गोठदेखि ओठसम्म’ कार्यक्रममार्फत सफा, स्वच्छ र मौलिक खानेकुरालाई प्रोत्साहन गरिएको छ ।

सबै घरपरिवारलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन ‘एक घर एक धारा’को नीतिलाई निरन्तरता दिइएको छ ।

गुल्मीदरबारले फलफूल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तर परिवर्तन गर्ने नीति लिएको छ । त्यस्तै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्ने पालिकाको नीति रहेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्