अधुरा आयोजना पूरा गर्ने लुम्बिनीको बजेट

Facebook
X
WhatsApp
LinkedIn

बुटवल । लुम्बिनी सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेटको ठूलो हिस्सा कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारका पुराना र अधुरा आयोजना पूरा गर्नमा राखिएको छ ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । लुम्बिनीले चालु आर्थिक वर्षमा ४० अर्ब ४८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

के हुन् बजेटका विशेषता ?

लुम्बिनी सरकारले प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन बनाउन एक अर्ब ८० करोड बजेट छुट्याएको छ । यस अस्पतालमा एमआरआई मेसिन खरिद गर्न १५ करोड छुट्याइएको छ ।

किसानको हात प्रदेशको साथ नामक कार्यक्रम चलाउने बजेटको घोषणा छ । ४० वर्ष भन्दा माथिका नागरिकको निशुल्क मधुमेह, रक्तचाप र मृगौला परीक्षण गरिने समेत बजेटमा उल्लेख छ ।

८० वर्ष उमेर पुगेका जेष्ठ नागरिक र अतिशक्त नागरिकलाई स्थानीय तहसँगको समन्वयमा घरमै उपचार सेवा पुर्‍याउने समेत बजेटमा उल्लेख छ । लुम्बिनीका महिलालाई आत्मनिर्भर गराउने समेत प्रदेशको योजना छ ।

सन् २०३० सम्म लुम्बिनीबाट बालविवाह अन्त्य गर्ने घोषणा समेत गरिएको छ । भौतिक पूर्वाधारमा समेत पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

कुल बजेट : ३८ अर्ब ९७ करोड
चालु खर्च : ११ अर्ब २४ करोड
पुँजीगत खर्च  : २४ अर्ब ५८ करोड
वित्तीय हस्तान्तरण : ३ अर्ब १४ करोड

बजेटको स्रोत

आन्तरिक राजस्व : ७ अर्ब ५१ करोड
राजस्व बाँडफाँट : १२ अर्ब १ करोड
संघीय सरकारले दिने अनुदान : १४ अर्ब
मौज्दात : २ अर्ब

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्