पाल्पामा नयाँ र विशेष सुरक्षा रणनिति लागु हुन्छ : प्रहरी प्रमुख चन्द

Facebook
X
WhatsApp
LinkedIn

सुनिल कार्की \

जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हाल्न हालै सरुवा भई आउनु भएका पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले विशेष सुरक्षा रणनिति अपाएर जिल्लाबासीलाई भरपर्दो सुरक्षा दिने बताउनुभएको

जिल्लाका क्रियाशील पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नव नियुक्त पाल्पा प्रहरी प्रमुख चन्दले बढ्दो सवारी दुर्घटना, आत्महत्या, चोरी निकासी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाएर लैजाने बताउनुभयो पछिल्लो सयम साईबर अपराधका घटना समेत बढेकाले साइबर सुरक्षा सचेतनाका कार्यक्रमलाई संक्रियताका साथ विद्यालय स्तरमा लैजाने बताउनुभयो

 

 

अन्तक्रिर्या कार्यक्रममा जिल्लाका पत्रकारहरुले बढ्दो टिपर आतंक, ओभरलोड, प्रहरी ठेकेदारको कनेक्सन, मनलाग्दी भाडादर बाटोमा यत्रतत्र राखिएका निर्माण समाग्रीले बढाएको सवारी दुर्घटनाको जोखिम न्यूनिकरणमा प्रहरीले ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले समस्या समाधानमा प्रयास जारी राखे पनि पूर्णरुपमा निर्मुल गर्न नसकेको भन्दै आगामी दिनमा सुधार गरेर जाने बताउनुभयो

 

             

 

नव नियुक्त पाल्पा प्रहरी प्रमुख चन्दले उठेका प्रश्नको जवाफ दिर्दै सञ्चारकर्मी प्रहरीको समन्वयमा नै समस्याको समाधान हुने भएकोले प्रहरी मेरो साथि अभियानलाई जिल्लामा प्रभावकारी बाएर लैजाने प्रतिबद्धता जनाउनुभयो

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्