May 2, 2024

पाल्पा,भदौं २३ ।
सुनिल कार्की \
पाल्पामा अझै पनि सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राही लञ्क्षनापुर्ण दुव्र्यवाहार भोग्न बाध्य भएको गुनासो गरेका छन । सहज र सुरक्षित गर्भपतन सेवा लिन पाउने अधिकार भित्रै रहेर मापदण्ड पुराएरै गर्भपतन सेवा लिए पनि घरपरिवारका सासु ससुरा,जेठाजु देवर, जेठानी देउरनी देखि टोलछिमेक देखि समाजले मात्र नभएर सेवा प्रदायक संस्थासम्मका केही सदस्यले लञ्छना लगाउने गरेको गुनासो गरेका हुन ।

     पाल्पा सदरमुकाम तानसेन नगरपालिका वडा नं ११ बन्दिपोखराकी (कल्पना रानाभाट) नाम परिवर्तनले गत चैत महिनाको पहिलो साता पायक पर्ने सुचिकृत स्वस्थ्य संस्था खस्यौंली प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट गाउँपालिका २ बाट सुरक्षित सेवा गर्भपतन सेवा लिनुभयो । गर्भपतन सेवा लिने विषयमा वैदेशिक रोजगारीमा क्रममा साउदी अरबमा रहनुभएका श्रीमानकै सहमति समेत लिनुभयो । श्रीमानले हुन्छ अहिले तिम्रो स्वास्थ्य पनि राम्रो छैन । स्वास्थ्यमा सुधार भई औषाधी खान छोडेर तिमी पूर्णरुपमा निको भएपछि अर्को बच्चाको प्लान गरौंला भनेर भन्नुभयो । अनि म सेवाकेन्द्र पुगेर सेवा लिएर आएछु रानाभाटले हामीलाई सुनाउनुभयो । सेवा लिने बारेमा रानाभाटकी श्रीमानले समेत घरका आमाबुवासँग हामीले यसो गर्दै छौं । यो कारणले गर्न लागेको भने अग्रिम जानकारी गराएको तर पछि आमबुबाले घरका जेठाजु,जेठानी देवर देउरानी लगायतलाई सेवा लिएको बारे सुनाउँदा गोपनियता समेत भङ भएको दुखेसो पोख्नुभयो । सेवा लिएको विषय परालको आगोे जासरी एकदम छिटो फैलिदा छरछिमेक देखि गाउँसमाज भरि नै हल्ला हुँदा आपसी समझदारीमा गरे पनि ठुलै गल्ती नै गरेको भान आफुलाई भएको कल्पनाले गुनासो गर्नुभयो । यसरी गोपनियता तोडिदा आफ्नो आत्मविश्वास र मन कमजोर भएको अनुभुति गरेको बताउनुभयो । त्यस कारण उहाँले सुरक्षित गर्भपतन सेवा लिने विषयमा महिला दिदिबहिनीको एकल निर्णय लिन पाउने ब्यवस्था हुनुपर्ने माग राख्नुभयो । श्रीमानको पनि सहमति लिनुपर्ने अहिलेको विद्यमान नितिले गोपनिता नहुनुका साथै अनाआवश्यक लञ्छानाले चिन्ता र तनाब मात्र सिर्जना भएको उहाँले बताउनुभयो ।

        यस्तै यता तिनाउ गाउँपालिका वडा नं १ कचल स्थित झिङगामारकी १८ वर्षीय सिता राना मगर नाम परिवर्तनको २०७७ साल असार ५ गते १५ वर्षको कलिलो उमेरमै घर नजिकै मागी विवाहा गर्नुभयो । उमेर नपुग्दै विवाहा हुँदा एकतर्फ कसैले उजुरी गरिदिने हुन कि भन्ने डर पहिला थियो । अहिले विवाहा गर्ने न्यूनतम उमेर पुगेपछि ढुक्क त भएको छ तर पटक पटक बसेको गर्भले अहिले सम्म दुईपटक सुरक्षित गर्भपतन सेवा लिईसकेको सिताले बताउनुभयो । बच्चा राखेर हुर्काउने रहर आफुलाई भएपनि उमेर सानो,श्रीमान श्रीमती दुबैको रोजगरि नहुनु र घरपरिवारको समेत कमजोर आर्थिक अवस्थाको कारणले बच्चा नराखेको सिता बताउनुहुन्छ । यता घरपरिवारका सासु ससुरा र श्रीमानले कुरा नबुझिदिँदा बच्चा खेरा गयो,खाइस तैले, त अब बाँझी हुन्छीस लगायतका गालीगलोचले दैनिक जसो आफु मानसिक यातनामा पर्ने गरेको बताउनुभयो । गाउँघरमा सिजनल रुपमा पाइने काम मेलापात गरेर घरका ४ जनाको गुजार चलाउँदै आफु पनि मानसिक रोगको औषधी लुम्बिनी प्रदेशीक अस्पताल बुटवलबाट तिन महिनको एक पटक नियमित चेकजाँच गरि सेवन गर्दै आएको बताउनुभयो । सिताले गाउँठाउँ र स्वदेशमै दैनिक जिविकोपार्जनको लागि रोजगारीको स्रोत भइदिए अनावश्यक म जस्ता न्य दिदिबहिनिले यो समस्या भोग्न नपर्ने र लञ्छनाबाट समेत बच्न सकिने बताउनुहुन्छ ।

               यसै गरि जिल्लाको रम्भा गाउँपालिका ३ फोक्सीङकोटकी मनमाया विश्वकर्मा नाम परिवर्तनले पनि अहिलेसम्म रहले भन्दा पनि बाध्यता र परिवारिक समस्याले औषधीको सेवनद्धारा १४ पटक र सुचिकृत स्वास्थ्य संस्थामा पुगेर ९ पटक गरि २३ औं पटक सुरक्षित गर्भपतन सेवा लिइसक्नुभएको छ । ४ र ७ वर्षका क्रमाश छोरा र छोरी छन । यी दुई बच्चा नहुँदै सुरुमा आर्थिक अवस्थाकै कारणले पालनपोषण गर्न सकिर्दैन कि भनेर ५ पटक गराए पछि यी दुई बच्चा भए पछि पनि १८ पटक गराई सके अब कति पटक गराउन पर्ने हो डरमात्रै लाग्छ उहाँले कुराकानिको सन्र्दभमा थप्नुहुन्छ । श्रीमानले कुरा नबुझदा दुख मात्र पाएको उहाँको दुखेसो रहेको छ । श्रीमनलाई कि तपाईले स्थायिय परिवार नियोजन गर्नुस नभए म गर्छु भन्दा दुबैले गर्ने होइन, अझै छोराछोरी साना छन भनि मान्नु हुन्न, मलाई चिन्ता मात्र थपिएको छ सिताले भन्नुभयो । वर्षको एकपटक झुक्किएर गर्भ बस्छ पून सुचिकृत स्वास्थ्य संस्था जानुपर्यो जाँदा परिवार नियोजन गर्नुुस भन्दा मान्नु हुन्न भन्दै सेवा दिने सिस्टर झर्किनुहुन्छ उहाँले भन्नुभयो । श्रीमानले अस्थायी साधन पनि प्रयोग गर्नुहुन्न मलाई पनि प्रयोग गर्न दिनुहुन्न, सिता बताउनुहुन्छ ।

 हो यस खालको समस्याले धेरै महिला दिदिबहिनी आजित हुनुहुन्छ । सुरक्षित गर्भपतन सेवा लिने रहर होइन,बाध्यता बनेको छ र त्यही बाध्यता नै लञ्छनाको कारण बनेको छ । यो खालको बढ्दो दुव्र्यवहारलाई न्यूनिकरण गर्न श्रीमान देखि घर परिवाले नै सर्वप्रथम सजगत अपनाउनुहपर्ने देखिन्छ । हुन पनि हो माथिका पात्रले आफ्रनै घरपरिवारकै करण यो समस्या भोग्नु परेको हो । त्यसकारण सुरक्षित गर्भपतन सेवालाई लञ्छनारहित बनाउन तपाई हामी गर्भपतनको गोपनिता कायम राखौं र सेवाप्रदायक निकायले पनि सेवाग्राहीको वास्तविक यथार्थता नबुझी दोहोरीएर आउने सेवाग्राहीलाई सोही अनुरुपको परामर्श सेवा दिई हौशला बढाउने काम गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *