पाल्पाको छहरामा नगदसहित पाँच जुवाडे पक्राउ

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा \

जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् ।

छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट २५ हजार ३ सय ९० रकम समेत बरामद गरेको जनाएको छ । प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्पे सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ बुुक तासको पत्ति पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले गत असार ३ गते तानसेनबाट ६६ हजार ८ सय २५  रकमसहित १० जुवाडेलाई पक्राउ गरेको थियो ।

उसले तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट नगदसहित १० जुवाडे पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ हजार १५ थान रातो, निलो रङ्गका तासको पत्ति पनि फेला पारेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्