May 3, 2024

पाल्पा \

सुनचाँदी अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्ने सम्भावना छ ।

यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगाे भएको छ । चाँदीकाे भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *