बुटवलका २० वर्षीय सुमन मृत फेला

Facebook
X
WhatsApp
LinkedIn

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्