सडक भासिएपछि पाल्पा -बुटवल खण्ड आज देखि बन्द हुने

Facebook
X
WhatsApp
LinkedIn

पाल्पासाउन ०९ 

सुनिल कार्की \

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्डको हिउँदे खोलामा सडक भासिएपछि मर्मत  स्तरउन्नतीको आज बेलुकी देखि सडक बन्द हुने भएको   

सडक खण्डको तिनाउ गाउँपालिका  हिउँदे खोला क्षेत्रमा सडक भासिएकाले सडक पुर्न निर्माणको लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको   सडक भासिएको क्षेत्रमा करिब ६० मिटर सडक एकतर्फी भएकोले सम्भावित क्षति न्यूनीकरण गर्नका लागि आज बेलुका  बजे देखि बिहान  बजेसम्म अर्की व्यवस्था नभएसम्म सडक बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो  सडक भासिएको हिउँदे खोला क्षेत्रमा सडकको तल्लो भागबाट सडक चिरा पर्दे गएको  माथिबाट पहिरो खस्ने जोखिम रहेकोले पक्की डाइर्भसन निर्माणको सडक बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय पाल्पका प्रमुख बाबुराम सापकोटाले बताउनुभयो  अत्यावश्यक सवारी साधन एम्बुलेन्सशव बहानदुधपेट्रल डिजेलका सवारीलाई बाहेक अन्य सवारीलाई रात्रि तोकिएको समयमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको  

यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले महिनौ सास्ती भोग्नु परेको थियो  अहिले पुन सडक भासिदा यात्रु  सवारी साधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्