पाल्पा, असार २२ ।
हृदयघातका कारण नेकपा एकीकृत समाजबादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे कमलको निधन भएको छ । बगनासकाली गाउँपालिका १ पिप्ले स्थित घरको रोपाई सकेपछि स्वास्थ्यमा समस्या देखिए पछि उपचार गराउन मेडिकल कलेज प्रभास आउनेक्रममा बाटोमै ज्यान गएको हो ।
शुक्रवार बेलुकी ६ः१५ बजे श्वास फेर्न गाहे भएपछि उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको र ६ः४५ बजे उनलाई मृत्यु घोषणा गरिएको अस्पताल स्रोतले जनाएको छ । ५२ वर्षिय पाण्डेको २६ वर्षिय माहिलो छोराको पनि गत वर्ष हृदयघाट बाटै मृत्यु भएको थियो ।
मृतक पाण्डे पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेताको पहिचान बनाउनुभएको थियो । उहाँ गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वगनासकाली गाउँपालिका उपाध्यक्षमा उपविजेता बन्नु भएको थियो ।
हृदयघातका कारण जिल्ला अध्यक्ष पाण्डेको निधन

Facebook
X
WhatsApp
LinkedIn
सुनिल कार्की
कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।
ताजा अपडेट




