राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०७९ को रिजल्टमा पाल्पाबाट एक जनाले चार जिपिए ल्याएका छन् । पाल्पा पोलस्टार सेकेन्डरी स्कुलका एक विद्यार्थीले चार जिपिए ल्याएका हुन् । यस्तै जिल्लाबाट १सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जिपिएका साथ ए प्लस ल्याएका छन् । २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जिपिए ल्याई ए ल्याएका छन् । यस्तै ४ सय ७५ जनाले २.८ देखी ३.२ सम्म जिपिए ल्याई वि प्लस, ७ सय ४३ जनाले २.४ देखी २.८ सम्म जिपिएका साथ वि, १हजार २३ जनाले २ देखी २.४ जिपिए ल्याइ सि प्लस ल्याएको शिक्षा विकास तथा समन्वय पाल्पाले जनाएको छ।
यसैगरी १ हजार १ सय ९९ जनाले १.६ देखी २ जिपिएका साथ सि, ५ सय ६१ जनाले १.२ देखी १.६ सम्म जिपिएका साथ डि प्लस र ४९ जनाले ०.८ देखी १.६ जिपिएका साथ डि अंक ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।
राष्ट्रिय परिक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परिक्षार्थीहरु लाई ग्रेड बृद्धिको लागि मौका परिक्षाको लागि अवसर समेत दिएको इकाइ प्रमुख सुवेदीले बताए । विगतका तुलनामा पाल्पाको नतिजा सन्तोषजनक रहेको इकाइ प्रमुख सुवेदीले बताए ।
पाल्पामा सबैभन्दा बढी पाल्पा पोलस्टार सेकेण्डरी स्कुलका तानसेन प्रभासका विधार्थीले ४ जिपिए ल्याएका हुन । सरकारी तर्फ भने सबैभन्दा बढी जनता नमुना विद्यालय तानसेन पाल्पाबाट १८ जनाले ए प्लस ल्याएका छन् ।